२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ


182
Shares

दाङ । श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् ।

बबई गाउँपालिका– १ क्यूरेनीका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लालबहादुरले आज शुक्रबार बिहान घरेलु हतियार प्रहार गरी खुमीको हत्या गरेको ईलाका प्रहरी कार्यालय दाङले जनाएको छ। श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिकेमीले लालबहादुरलाई कोठामा थुनेका थिए ।

छोराछोरी मामा घरमा गएका बेला श्रीमान श्रीमतीबीच झगडा भएपछि उनको हत्या गरेको लालबहादुरले बयान दिएको प्रहरीले जनाएको छ ।