६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


निर्वाचन लक्षित ओखलढुंगामा सर्वदलीय बैठक


130
Shares

काठमाडाैं । ओखलढुंगाका राजनीतिक दलहरु आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सहमत भएका छन् ।

आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा दलहरु निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सहमत भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले जिल्लामा निर्वाचन प्रचार प्रसार अभियान दलहरुले शान्तिपूर्ण ढंगले सम्पन्न गरेको र मौन अवधि र मतदानको दिन समेत शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा मतपेटिका ढुवानी योजना, मतपेटिका भण्डारणस्थल र गणनास्थलका बारेमा समेत छलफल भएको थियो ।