११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नगरपालिकाद्वारा २० विद्यालयका १ हजार ७ सय छात्रालाई प्याड वितरण


0
Shares

फिदिम, भदौ ८ । महिनावारी भएको समयमा पनि छात्राहरु विद्यालय जान सकुन् भन्ने उद्देश्यले पाँचथरको फिदिम नगरपालिकाले विद्यालयमा स्यानिटरी प्याड वितरण गरेको छ ।

नगरपालिकाले नगरक्षेत्रका २० विद्यालयका १ हजार ७ सय किशोरीलाई प्याड वितरण गरेको हो ।

८ देखि १० कक्षाका किशोरीलाई प्याड वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए । अब महिनावारीका समयमा छात्राहरुले विद्यालय छाड्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।