
एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘दृश्यम २’ अनलाइनमा लिक भएको छ ।
अजयसँगै तब्बु, श्रिया शरण र अक्षय खन्नाको मुख्य भूमिका रहेको फिल्म ‘दृश्यम २’ शुक्रबार अर्थात् १८ नोभेम्बरमा रिलिज भएको थियो । यो फिल्मको पहिलो श्रृंखलालाई दर्शकले निकै रुचाएका थिए । फिल्मको पहिलो श्रृंखला सन् २०१५ मा रिलिज भएको थियो। लामो समयपछि उक्त फिल्मको दोस्रो श्रृंखला रिलिज भएको छ । फिल्मले पहिलो दिन नै बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार तमिलरोकर्स, मुभिरुल्ज र फिल्मजिल्ला जस्ता साइटहरूले यो फिल्मलाई अनलाइन लिक गरेका छन्। जसले निर्मातालाई करोडौंको घाटा लागेको छ । फिल्म अनलाइनमा लिक भएसँगै निर्माताहरु निकै निराश देखिएका छन् । अनलाइनमा लिक भएका कारण फिल्मको बक्स अफिस कलेक्सनका कमि आउने देखिन्छ ।
फिल्मले अग्रिम बुकिङबाट ४.५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको भारतीय सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्