
काठमाडौं । नेपाली कांग्रेसले ३ नेता तथा कार्याकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको हाे।
कांग्रेसका केन्द्रीय अनुशासन समितिका संयाेजक आनन्द प्रसाद ढुंगानाका अनुसार बारा क्षेत्र नं. ४ मा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)को विरुद्वमा प्रचार प्रसार गरेको सूचना आएपछि जिल्ला उपसभापति अमिरिलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई कारबाही स्वरुप पार्टीबाट निष्कासित गरिएकाे हाे ।
ढुंगानाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा (३४) बमोजिम उनीहरुलाई पार्टी सदस्यता समेत नरहने गरी निलम्बन गरिएकाे बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्