
बिवेक भण्डारी
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरबाट मतदान गर्नु भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मुख्यमन्त्री पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका –१ स्थित शमशेर मावि, जौजुवा क केन्द्रबाट मतदान गर्नु भएको हो । निर्वाचन आयोगले मतदानका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । देशैभर उत्साहका साथ मतदाताले मतदानमा भाग लिइरहेका छन् । प्रतिनिधि सभाका लागि १६५ सिटका लागि र प्रदेश सभाका लागि ३३० सिटका लागि आज प्रत्यक्ष निर्वाचन भइरहेको हो ।
प्रतिनिधि सभामा जम्मा २७५ सदस्य र प्रदेश सभामा ५५० सदस्य हुनेछन् । बाँकी भने समानूपातिक पद्धती अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् । प्रतिनिधिससभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्