१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ढुक्कसँग मतदान गर्नुस् : निर्वाचन आयुक्त भण्डारी


26
Shares

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ढुक्क भएर मतदानमा सहभागी हुन सबैमा आग्रह गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मतदानमा सहभागी भएपछि उहाँले संचारकर्मी संक्षिप्त कुराकानी गर्र्दै यस्तो आग्रह गर्नुभएको हो । निर्वाचन आयुक्त भण्डारीले काठमाडौंको अनामनगरस्थित मिलन विद्या मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । आयुक्त भण्डारीले निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्वपूर्ण प्रक्रिया मतदान भएकाले निर्धक्क भएर मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभयो । उहाँले मतदान स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो ।

भण्डारीले मतदान सहज र व्यवस्थित ढंगले गरेको बताउनु भयो । उहाँले निर्वाचनका लागि शान्ति, सुरक्षाको व्यवस्था पनि व्यवस्थित पारिएको बताउनु भयो । निर्वाचन आयुक्त भण्डारीले कुनैपनि स्थानमा दुर्घटना भए आयोग ३० मिनेट भित्रमा घटनास्थलमा पुग्ने बताउनु भयो ।