१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माधव नेपालद्वारा रौतहटबाट मतदान


78
Shares

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नु भएको छ ।

उहाँलेआईतबार बिहान रौतहटको सदरमुकाम गौर स्थित श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गर्नु भएको हो । नेपाल रौतहट क्षेत्र नम्बर –१ बाट प्रतिनिधि सभामा उम्मेदवार समेत हुनुहुन्छ ।

निर्वाचन आयोगले मतदानका लागि देशैभर बिहान ७ बजेदेखि बेलुका ५ सम्मको समय तोकेको छ । देशैभर उत्साहका साथ मतदाताले मतदानमा भाग लिइरहेका छन् ।