
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ ।
आज आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्ने बताउनुभयो । उहाँले बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताउनुभयो ।
उहाँले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकलाई स्थायित्व, विकास र समृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने बताउनुभयो ।
महासचिव पोखरेलले एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्