
गुल्मी । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नु भएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा गुल्मी क्षेत्र नम्बर – २ की उमेदवार समेत रहनु भएकी झाँक्रीले गुल्मीको मदाने –४ म्यालपोखरी स्थित महेपोखरी माविबाट मतदान गर्नुभएको हो ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि निर्वाचन आयोगले आईतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरेको छ । देशैभर उत्साहका साथ मतदाता मतदानमा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्