
गुल्मी । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नु भएको छ ।
सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा गुल्मी क्षेत्र नम्बर – १ बाट उम्मेदवार समेत रहनु भएका भण्डारीले हुँगा स्थित जनजागृति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि निर्वाचन आयोगले आईतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान स्थल तय गरेको छ ।
निर्वाचन सम्पन्न गर्नका लागि साढे ५ लाखजति सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । मुलुक संघीयतामा गएपछि संघीय संरचना अनुसारको यो दोस्रो निर्वाचन हो ।
प्रतिक्रिया दिनुहोस्