
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताउनु भएको छ ।
आईतबार प्रतिनिधि तथा प्रदेशस सभा सदस्य चयनका लागि मतदान गरिसकेपछि संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैं दाहालले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने दाबी गर्नुभएको हो ।
दाहालले संविधान सभाबाट संविधान जारी भएपछिको दोस्रो आम निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक महत्वको भएको बताउनु भयो । उहाँले यो निर्वाचनबाट गठबन्धनले आरामले बहुमत ल्याउनेसमेत बताउनु भयो । अध्यक्ष दाहालले आफू गोरखाबाट निर्वाचन लडेपनि चितवनको विकास र सम्बन्ध नटुट्ने उल्लेख गर्नुभयो । उहाँले गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्