२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटीका ढुवानीका लागि सवारीसाधन तैनाथः गृहसचिव


377
Shares

काठमाडाैं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ ।

आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उहाँले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको जानकारी पाएको बताउनुभएको हो ।

उहाँले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको पाएको बताउनु भयो । उहाँले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसेको बताउनु भयो ।

गृहसचिव सिंहले निर्वाचन सामाग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताउनु भयो । उहाँले मतपेटीका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि बताउनु भयो ।

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गर्नुभएको छ । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरुले उत्साहीत तवरबाट मतदान गरिरहेको पाएको बताउनु भयो ।