७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न आयोगको आग्रह


260
Shares

काठमाडाैं । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको हो।

मतदाता नामावलीबारेको समस्या त्यहाँबाट उचित रूपमा समाधान गरिनेसमेत आयोगले उल्लेख गरेको छ ।