६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आम निर्वाचन : देशभर कति स्थानमा भयाे मतदान स्थगित ?


741
Shares

काठमाडौं । आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभाकाे निर्वाचनमा दिउँसो ३:३० बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गराउने प्रयास भइरहेकाे निर्वाचन आयोगका एक अधिकारीले बताउनु भयाे।

उहाँका अनुसार अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । अधिकांश स्थानमा राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद हुँदा मतदान स्थगित भएका हाे ।