२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


विश्वकप फुटबल खेलमा कतार पराजित


91
Shares

काठमाडाैं । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले पराजित गरेकाे छ ।

कतारको दोहास्थित अल बायत रंगशालामा आइतबार भव्य रुपमा उद्घाटन समारोहपछि भएको खेलमा इक्वेडर २–० ले विजयी भएकाे हाे । इक्वेडरका लागि दुवै गोल इडर भ्यालेन्सीयाले गरेका हुन् । जितसँगै इक्वेडरले समूहमा ३ अंक जोड्दै अग्रता लिएको छ ।

समूहका अन्य दुई टोलीहरू नेदरल्याण्ड्स र सेनेगलबीचको खेल आज साेमबार राति हुने भएकाे छ । सोमबार हुने समूह ‘बि’ का खेलहरूमा इंग्ल्याण्ड र इरान तथा अमेरिका र वेल्स भिड्ने भएका छन् ।