
काठमाडौं । प्रतिनिधि सभा तर्फ काठमाडौं क्षेत्र नम्बर –४ को शुरुवाती मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले प्रारम्भिक अग्रता लिनुभएको छ ।
थापाले १ हजार ५११ मत गणना हुँदा ६६८ मत ल्याउनु भएको छ भने नेकपा एमालेका राजन भट्टराइलाई ६३३ मत प्राप्त भएको छ । त्यस्तै राप्रपाका उम्मेदवारलाई ६५ मत आएको छ । बुढानिलकण्ठ नगरपालिकाका वडाबाट मत गणना भइरहेको हो । काठमाडौं –४ निकै चर्चामा रहेको क्षेत्र हो ।
काँग्रेसले बुढानिलकण्ठ क्षेत्रबाट कम मत आउने आंकलन गरेको थियो । तर गगनले धोरै मतले अग्रता कायम गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्