६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हाल सम्म कुन दलको कति स्थानमा अग्रता, कसले कहाँ जिते ?


2.015k
Shares

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना धमाधम भइरहेको छ ।

आइतबार मतदान सकिएलगत्तै मतगणना शुरु गर्ने भनिएता पनि आज बिहानबाट मात्रै मतगणना शुरु भएको हो । कतिपय जिल्लामा अझै मतगणना हुन सकेको छैन भने कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भइरहेको छ । अहिले सम्म गणना भइरहेका विभिन्न क्षेत्रहरूको प्रारम्भिक मत गणनामा भने नेकपा एमाले र नेपाली कांग्रेसले १६/१६ स्थानमा अग्रता लिएका छन् । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो हुदै ५ स्थानमा अग्रता लिएको छ । त्यसैगरी राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई दुई क्षेत्रमा अग्रता लिएका छन् ।

हाल जारी रहेको मतगणनामा काठमाडौं क्षेत्र नम्बर –३ र ९, ललितपुर क्षेत्र नम्बर– १,२ र ३, दैलेख– १, झापा– २ सुर्खेत– २, धनुषा– ३, र चितवन २ लगायतका क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यस्तै, नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर– ४ र ५, सुर्खेत– १, मकवानपर– १, भक्तपुर –२, तनहुँ –२, मोरङ –६, कञ्चनपुर– ३ र अछाम– २ लगायतका १५ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले झापा– ४, कास्की– २, काठमाडौं– ६,र ८ मा अग्रता लिएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा –३, काठमाडौं– १ बाँके –२ मा अग्रता लिएको छ । माओवादी केन्द्रले दाङ –२ बाट अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले धादिङको एउटा निर्वाचन क्षेत्रबाट अग्रता लिएको छ । यस्तै कैलाली क्षेत्र नम्बर –१ र ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । उता सिके राउत नेतृत्वको जनमत पार्टीले दुई स्थानमा अग्रता लिएका छन् ।

काँग्रेसले प्रतिनिधि र प्रदेश सभामा मुस्ताङबाट खाता खोल्यो

नेपाली काँग्रेसले आम निर्वाचन २०७९ मा प्रतिनिधि र प्रदेश सभामा मुस्ताङबाट खाता खोलेको छ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन थकाली ३ हजार ९९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एवं पूर्व सांसद प्रेम तुलाचनले ३ हजार ७८ मत ल्याउनु भएको थियो । त्यसैगरी मुस्ताङको प्रदेश सभा ’क’ बाट काँग्रेसकै नाम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु बिष्टले ७९३ मत प्राप्त गर्नुभएको थियो ।