
काठमाडौं, असार ३ । केही समय यता हल्लै हल्लाको भरमा विद्यालयहरु बन्द हुने क्रम बढेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठनले शैक्षिक हड्ताल आह्वान गरेको बहानामा आइतबार पनि १५ लाख बालबालिका विद्यालय जान पाएनन् ।
आइतबार कुनै राजनीतिक समूह, विद्यार्थी संगठन वा अरु कुनै समूहले बन्द आह्वान गरेको कसैलाई थाहा थिएन । तर बिहान बिद्यालय हिँडेका बालबालिका एकाएक घर फर्कन बाध्य भए । अलि सबेरै विद्यालय जान निस्केका बालबालिकाहरुले लामो समय बाटोमा कुरेपछि मात्रै थाहा पाए कि आज शैक्षिक हड्ताल, विद्यालय बन्द छ ।
कुनै प्रचार प्रसार, पर्चा पम्प्लेट वा पत्र विना नै निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गराएका हुन्, जसका कारण लाखौं विद्यार्थी पठनपाठनबाट बञ्चित भए ।
नयाँ शैक्षिक सत्र सुरु भए यता दुई पटक यसैगरी विद्यालय बन्द भईसकेका छन् । चन्द नेतृत्वको विद्यार्थी सङ्गठनले सामाजिक सञ्जालबाट बन्दको त्रास पैmलाएकै भरमा नै विद्यालय बन्द गरेको व्याब्सनका पदाधिकारीहरु नै स्वीकार्छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्