१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी


247
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी हुनुभएकाे छ ।

मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई पराजित गरेर नेता सिंह विजयी हुनुभएकाे हाे । नेता सिंहले ७ हजार १ सय ४० मत प्राप्त गर्दा मिश्रले ७ हजार ११ मत प्राप्त गर्नुभएकाे छ ।

तर निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन । २०७४ सालको निर्वाचनमा पनि नेता सिंहले मिश्रलाई नै पराजित गर्नुभएकाे थियाे ।