१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


झापा-५ मा एमाले अध्यक्ष ओलीकाे अग्रता कायमै


260
Shares

काठमाडाैं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै गर्नुभएकाे छ ।

मंगलबार बिहानसम्म उहाँले साढे ३ हजार मतले अग्रता कायम गर्नुभएकाे हाे । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार अध्यक्ष ओलीले ८ हजार ९ सय ७८ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीले ५ हजार ४ सय ४८ मत प्राप्त गरेर पछ्याइरहनुभएकाे छ ।

जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८ सय ६८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४ सय ८६ मत प्राप्त गर्नुभएकाे छ ।