
रसुवा । एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको रसुवामा मत गणनामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले १२ हजार ४ सय ७१ मत गणना हुँदा ७ हजार ७ सय ८६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी आचार्यका प्रतिद्धन्द्धी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ४ हजार ८७ मत ल्याउनु भएको छ । आचार्य तामाङ भन्दा ३ हजार ६ सय ९९ मतले अगाडि हुनुहुन्छ । रसुवामा प्रनिनिध सभाका एक र प्रदेश सभाका दुई क्षेत्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्