२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सञ्चारकर्मी महावीर विश्वकर्माको निधन


1.547k
Shares

काठमाडौं । चर्चित रेडियो कार्यक्रम प्रस्तोता एवं सञ्चारकर्मी महावीर विश्वकर्माको निधन भएको छ ।

मंगलबार बिहान चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकमा ट्रकसँग माइक्रो ठोक्किँदा महावीर दुर्घटनमा परेका थिए ।

उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएकाे छ ।

महावीरको रेडियो कार्यक्रम ‘बहकिने मन’ स्रोतामाझ निकै चर्चित छ ।