
बर्दिया । बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका सदस्य नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुर सिंह थारु ६ हजार २ सय मत प्राप्त गरेर अग्रता कायम राख्नु भएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार सन्जय कुमार गौतमले ६ हजार ३ सय ४६ मत प्राप्त गरेर पछ्यारहनुभएकाे छ ।
त्यस्तै बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालबीर चौधरीले १६ हजार ४ सय ५८ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ। गठबन्धनका उम्मेदवार सुरेश पन्तले १० हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्