२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


फिफा विश्वकप फुटबल : मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता


312
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा खेलमा अर्जेन्टिनाले साउदीविरुद्ध सुरुआती अग्रता बनाएको छ ।

लुसाइल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले साउदीविरुद्ध सुरुआती अग्रता बनाएको हाे ।

कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो।