
गोरखा । प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर– २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जारी मतगणनामा अग्रता लिनु भएको छ ।
पछिल्लो मत परिणाम अनुसार १४ हजार ८०४ मत गणना हुँदा दाहालले ८ हजार ६१९ मत ल्याउनु भएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २ हजार २७७ मत ल्याएर पछ्याइरहनु भएको छ । उता नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले भने १ हजार ९४६ मत ल्याउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्