
काठमाडौं । अमेरिकाकाे सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर छलीको आरोपको छानबीन गर्न आवश्यक कागजातहरू अमेरिकी संसदीय समितिलाई दिन निर्देशन दिएको छ ।
सर्वोच्चको यो आदेशले ट्रम्पलाई धक्का लागेको छ । पूर्व राष्ट्रपति ट्रम्पको कम्पनी र यसका वित्त प्रमुख एलेन वेसलवर्गले कर छली गरेको आरोपमा मुद्दा दायर भएको थियो । सो कम्पनीले करिब ३ मिलियन डलर कर छली गरेको आरोप लागेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पको कम्पनीले विगत १५ वर्षदेखि अवैध भुक्तानी मार्फत कर छली गर्दै आएको छ।
ट्रम्पको होल्डिङ कम्पनीले होटल र गल्फ क्लब लगायतका विभिन्न फर्महरू सञ्चालन गर्दै आएको छ । उक्त कम्पनीमाथि विभिन्न अपार्टमेन्टहरू भाडामा लिएको विवरण र कर्मचारीको सेवा सुविधा विस्तारका बारेमा कर विवरणमा नखुलाइएको आरोप लागेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
ट्रम्पको कम्पनीमाथि कर छलीको आरोप लागेसँगै सरकारी अधिकारीहरूले अनुसन्धान थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्