९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सुर्खेत–२ मा कांग्रेसका थानी विजयी


156
Shares

काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पछाडि पार्दै उहाँ तेस्रो पटक संसदीय निर्वाचनमा विजयी हुनुभएको हो ।

थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गर्नुभएको छ । बीसीले २९ हजार ५ सय ५८ मत प्राप्त गर्नुभयो ।

सुर्खेत–२ मा ७६ हजार ३ सय ५२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थानी ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित हुनुभएको थियो ।

थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत भइसक्नु भयो ।