१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी-४ मा एमालेका कुसियत र कांग्रेसका कार्कीबीच तीव्र प्रतिस्पर्धा


936
Shares

सुनसरी । सुनसरी क्षेत्र नम्बर४ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार जगदिश प्रसाद कुसियतले ६ हजार ८ सय २५ मत प्राप्त गरेर अग्रता लिनुभएकाे हाे । उहाँले नेपाली कांग्रेस उम्मेदवार एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाईपछि पार्दै सुरुवाती अग्रता लिनुभएकाे छ ।

एमालेका उम्मेदवार कुसियत ७ सय ३० मतले अग्र स्थानका हुनुहुन्छ । संचारमन्त्री कार्कीले ६ हजार ९५ मत प्राप्त गरेर कुसियतलाई पछ्याई रहनुभएकाे छ ।

भोजपुरमा पटक-पटक चुनाव लडेर जित्न नसकेपछी कार्की २०७४ को निर्वाचनमा सुनसरी ४ मा चुनाव लडेर पहिलो पटक विजयी हुनुभएकाे थियाे ।