२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सर्लाही क्षेत्र नम्बर –१(२) मा नेकपा एकीकृत समाजवादीकी लुंगेली विजयी


325
Shares

सर्लाही । मधेश प्रदेश अन्तर्गत सर्लाही क्षेत्र–१ को प्रदेशसभा २ मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली निर्वाचित हुमुभएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएकी लुंगेलीले एमालेकी शान्ति लामालाई पराजित गरेर विजय प्राप्त गर्नुभएको हो । लुंगेलीले १३ हजार ६ सय ७७ मत प्राप्त गरेर विजयी हुँदा एमालेकी उम्मेदवार लामालाई ६ हजार ९७८ मत प्राप्त भएको थियो । लुंगेली यस अघि पनि सोही क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहन्थ्यो ।