२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रुपन्देही ३ मा बालकृष्ण खाँण १४ सय ७४ मतले अगाडि


1.976k
Shares

रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणले अग्रता बढाउँदै लैजानु भइरहेकाे छ ।

उहाँले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहरालाई १४ सय ७४ मतान्तरले पछाडि पार्नु हुँदै अग्रता बढाउँदै लैजानु भइरहेकाे हाे ।

खाँणले १३ हजार ३५६ मत पाउनु भएकाे छ भने बोहराले ११ हजार ८८२ मत पाउनु भएकाे छ । उहाँलाई एमाले र जनता समाजवादी पार्टीको समर्थन छ ।

त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जितबहादुर गुप्‍ता तेलीले १७ सय ६४ मत ल्याउनु भएकाे छ ।