
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विजयी हुनुभएकाे छ ।
अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका शर्माले तेश्रो पटक भने बाजी मार्नु भएकाे हाे ।
उहाँले एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गर्नु भएकाे हाे ।
पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९६२४ मत पाउनु हुँदा खरेलले २५३४९ मत मात्रै पाउनु भएकाे हाे ।
एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो ।
प्रतिक्रिया दिनुहोस्