२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


समानुपातिक मतगणनामा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो


13.806k
Shares

काठमाडौं । देशभर जारी समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले ४ लाख ५४ हजार मत कटाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ४ लाख १८ हजार मत छ भने २ लाख ३५ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको छ । चौथो स्थानको माओवादी केन्द्रले अहिलेसम्म १ लाख ९३ हजार मत पाएको छ । १ लाख २४ हजार मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ नम्बरमा रहँदा छैटो स्थानको जसपा नेपालले ५७ हजार मत कटाएको छ ।

यसैगरी नेमकिपाले ४२ हजार मत कटाउँदा जनमत पार्टी र नेकपा एकीकृत समाजवादीले २८ हजार मत कटाएका छन् ।