१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललितपुर-३ बाट रास्वपाकी डा. तोसिमा कार्की विजयी


351
Shares

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १ सय ३६ मतका साथ विजयी हुनु भएको हो ।

नेकपा (एमाले) का अमृत भट्टराई र नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी हुनु भएको छ ।

निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत पाउनु भएको छ भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत प्राप्त गर्नुभएको छ ।

यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।