२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँचथरबाट प्रतिनिधि सभामा एमालेका नेम्वाङलाई अग्रता


4.992k
Shares

पाँचथर । पाँचथरमा जारी मत गणनाको पछिल्लो परिणममा नेकपा एमालेका उम्मेद्वार वसन्तकुमार नेम्वाङले अग्रता लिनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई ५ सय ५ मत मत अन्तरले उछिन्दै नेम्वाङ अगाडी बढ्नु भएको हो ।

यहाँ ३५ हजार ७ सय १८ मत गन्दा नेम्वाङले १५ हजार ६ सय ५ मत प्राप्त गर्नुभएको छ भने आङदेम्वेलाई १५ हजार १ सय मत प्राप्त भएको छ । जिल्लामा कुल ७५ हजार ३ सय ५६ मत खसेको थियो ।

यो भन्दा अगाडी आङदेम्वे नेम्वाङ भन्दा ७६ मतले अगाडी हुनुहुन्थ्यो ।

जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेकपा (एकिकृत समाजवादी) का कमलप्रसाद जवेगुले अग्रता लिनुभएको छ ।

उहाँले एमालेका उम्मेद्वार राजकुमार भण्डारीलाई १ हजार १ सय २८ मतले उछिन्दै अग्रता लिनुभएको हो । यहाँ ३३ हजार ६ सय ८ मत गन्दा जवेगुले १४ हजार ५ सय ३१ मत पाउनुभएको छ भने भण्डारीलाई १३ हजार ४ सय १३ मत प्राप्त गर्नुभएको छ ।

जवेगु सत्ता गठवन्धनका साझा उम्मेद्वार हुनुहुन्छ ।

जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर २ बाट भने सत्ता गठवन्धनका साझा उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङवो १५ हजार ६ सय ७२ मत ल्याएर विजयी भइसक्नुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी एमालेका अइन्द्रसुन्दर नेम्वाङले १२ हजार ६ सय ५ मत पाउनुभएको छ । आङवो नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले हराँउदै विजयी हुनुभएको हो ।