१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मकवानपुर–२ मा एमालेका महेश बर्तौला विजयी


468
Shares

हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं २ मा नेकपा (एमाले) को उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गर्दै बर्तौला विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार क्षेत्र नं २ मा एमालेका बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गर्नु भई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादीका खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

आज दिउँसो सम्ममा प्रतिनिधि सभाको क्षेत्र नं १ तथा प्रदेश सभाको बाँकी दुई क्षेत्र र समानुपातिकको नतिजा प्रकाशित गर्ने जानकारी दिएको छ ।