
काठमाडौं । तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा (एमाले) का एकबहादुर रानामगरलाई ५ हजार ३ सय ७५ मतान्तरले पराजित गर्नुहुँदै विजयी हुनुभएको हो ।
पौडेलले २५ हजार ३ सय १८ मत ल्याउनु हुँदा एमालेका रानामगरले १९ हजार ९४३ मत ल्याउनुभयो । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याउनु भएको छ ।
२०७४ मा भने पौडेल बाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पराजित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्