२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


चितवन–२ बाट फराकिलो मतान्तरसहित रवि लामिछाने विजयी


468
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन–२ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो ।

बिहीबार सम्पन्न मतगणनाअनुसार लामिछानेले ५९ हजार २ सय ६१ मत ल्याउनु भई विजयी हुनुभएको हो । कांग्रेसका श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले) का कृष्णभक्त पोखरेल १४ हजार ६ सय ४९ मत प्राप्त गरी तेस्रो हुनुभयो ।

२०७४ सालको निर्वाचनमा चितवन–२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित हुनुभएको थियो ।