३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025

नीति बनाउने ठाउँमा निजी क्षेत्र


1.326k
Shares

काठमाडौं । मुलुकका एकमात्र डलर अर्बपति विनोद चौधरीसहित दर्जनौं उद्योगी व्यवासायीलाई आम मतदाताले कानुन निर्माण (नीति निर्माण ) गर्ने थलो संसद् मा प्रतिनिधी बनाएर पठाएका छन् ।

मुलुकका विभिन्न व्यवसायलाई सफतलता प्राप्त गरेका उद्योगी व्यवसायीलाई यहि मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा मतदाताले सदस्यका रुपमा विजयी बनाएर पठाएका हुन् ।

निजी क्षेत्रले कानुन अभावमा मुलुकमा लगानीको वातावरण नबनेको गुनासो गर्दै आएको छ । अहिले निजी क्षेत्रमा थुप्रै कानुन बनाउने थलो संसद् पुगेको अवस्था छ । विगतमा पनि छिटफुट रुपमा निजी क्षेत्रका प्रतिनिधिहरू संसद् पुगेका थिए ।

तर, कानुनै निर्माणमा दबाब दिन सक्ने हैसियतको संख्यामा थिएनन् । निर्वाचन आयोगले चुनावको परिमाण सार्वजनिक गरिरहेका बेला निजी क्षेत्रका कतिपय प्रतिनिधिले जित हासिल गरेका छन्, भने कतिपय विजयको नजिक छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।