५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


छैठाैँ दिन पनि बाजुरा बन्द, ११ जना प्रर्दशनकारी पक्राउ


429
Shares

बाजुरा । अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले आज छैठाैँ दिन पनि बिहानैदेखि बजार बन्द गरेको छ ।

अनेरास्ववियु चेतन अयडीको घटनामा स‌लग्न रहेकाहरुलाइ तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ६ दिनदेखि प्रर्दशन गर्दै आएको छ ।

चेतन हत्याको विषयलाई लिएर सदरमुकाम मार्तडी, काेल्टी, फालसैन लगायतका बजार बन्द छन् भने यातायात शैक्षिक स‌स्था कार्यालय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडीमा टायर बालेर चेतनको न्यायका निम्ति प्रर्दशन गरेकाे छ ।

अनेरास्ववियूका नेता अएडीको हत्यारालाई कानुनी दायरामा नल्याउन्जेल र सत्ता गठबन्धनले जिल्ला भरका १७ मतदान स्थलका बुथ केन्द्र कब्जा गरेको आरोप लगाउदै पुन मतदान गराउनु पर्ने माग राख्दै माग पूरा नभए सम्म निर्वाचनका कुनै पनि गतिविधिहरु अगाडि बढ्न नदिने नेकपा एमाले बाजुराले जनाएकाे छ ।

नेरास्ववियू बाजुराले हत्यामा संलग्न ब्यक्तिहरुलाइ पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी राख्ने समेत जनाएको छ ।

चेतनका बुवा गगन अयडीले हत्यामा स‌‍लग्न भन्दै २२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिएकाे छन्। तर प्रहरीले भने घटनामा सलग्न रहेका कसैलाई पनि पक्राउ गर्न सकेकाे छैन । यता निर्वाचन आयोगले स्थगित भएको बुढिनन्दा नगर पालिका वडा नम्बर पाँच को मतदान मंसिर १० गते गर्ने भएको छ ।