
काठमाडौं । सिराहाको क्षेत्र नम्बर ४ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार बिरेन्द्र प्रसाद महतो निर्वाचित हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८ सय ८ मतान्तरले हराउँदै महतो निर्वाचित हुनुभएको हो ।
महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत प्राप्त गर्नुभयो । यस्तै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका धर्मनाथ प्रसाद साहले १४ हजार ६ हजार ५३ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्