८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बर्दिया २ (ख) मा नागरिक उन्मुक्तिका चौधरी निर्वाचित


143
Shares

बर्दिया । बर्दिया -२ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्‍यमा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार धर्मबहादुर चौधरी निर्वाचित हुनु भएकाे छ ।

निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका उम्‍मेदवार मानबहादुर थारुलाई ९ हजार १४३ मतान्तरले हराउँदै चौधरी निर्वाचित हुनुभएकाे हाे ।

चौधरीले २० हजार १२७ मत पाउँदा माकेका थारुले १० हजार ९८४ मत मात्र ल्‍याए ।