१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी-३ मा एमालेकी भगवती चौधरी अग्र स्थानमा


416
Shares

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायम गर्नुभएकाे छ ।

शुक्रबार बिहानसम्म एमालेकी उम्मेदवार चौधरीले ११ हजार ७ सय १६ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ७ हजार ३२३ मत प्राप्त गर्दै पछ्याईरहनुभएकाे छ । २०४८ सालदेखि निरन्तर रुपमा चुनाव लडेर पटक-पटक मन्त्री बन्नुभएका गच्छदारलाई यसपटक संसद भवन प्रवेशमा ब्रेक लाग्ने भएको छ ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनालीले सुरूवातमा अग्रता लिएपनि उहाँ तेस्रो स्थानमा झर्नु भएकाे छ। उहाँले ४ हजार ८ सय ५५ मत प्राप्त गरेर चौधरी र गच्छदारलाई पछ्याईरहनुभएकाे छ ।

गच्छदारसँग दोस्रो पटक पराजित भएकी चौधरी तेस्रो पटको प्रतिस्पर्धामा जिततर्फ अगाडि बढ्नुभएकाे छ ।