
महेश कार्की
बाजुरा । बाजुराकाे त्रिवेणी नगरपालिका- ७ मा भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सन्दीव अयडीको शव आफन्तले बुझेका छन् ।
उनको यहि मंसिर ४ गते मतदानको समयमा मतपेटिका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाउँदा मृत्यु भएको थियो । आज शुक्रबार उनका आफन्तले ६ दिनपछि लाश बुझेर दाह सस्कारका लागि जिल्ला अस्पतालबाट शव उठाएको प्रहरीले जनाएको छ । सोही क्रममा घरभित्र सुतेको अवस्था नेपाली कांग्रेस कार्यकर्ताद्वारा हत्या गरिएका अनेरास्वबियुकाविद्यार्थी नेता चेतन अयडीको शव भने उठ्न सकेको छैन ।
अयडीको शव जिल्ला अस्पताल बाजुराको शवगृहमा राखिएको छ । उनको हत्यामा सलग्नलाई कारबाहीको माग गर्दै अनेरास्वबियु बाजुरा आन्दोलनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्