१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी–१ (१) मा एमालेका रमेश बस्नेत विजयी


195
Shares

सुनसरी । सुनसरी क्षेत्र नम्बर–१ को (१) बाट प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का रमेश बस्नेत विजयी हुनुभएको छ । उहाँले नातामा ज्वाइँ पर्ने नेपाली कांग्रेस प्रदेश महामन्त्री उमेश थापालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

बस्नेतले ११ हजार १ सय २ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गर्नुभयो ।

प्रदेश सभामा निर्वाचित भएका बस्नेतले आफ्नो क्षेत्रको विकासका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।