२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल लाइफको २२ औं साधारण सभा सम्पन्न


234
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा साधारण सभा बीरगंजको पर्सामा सम्पन्न भएको हो । सो अवसरमा संचालक समितिका तर्फबाट अध्यक्ष संघईले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको कम्पनीले जनाएको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷७८ को नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । त्यसै गरी, साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीबाट १ अर्ब २९ करोड बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

अध्यक्ष संघईले आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई विभिन्न चुनौतिहरुका बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि रहेको र कम्पनीको समग्र विकासका लागि प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा १४९.७६ अर्ब रुपैयाँ लगानी गरिसकेको र जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड संचित भइसकेको जनाएको छ ।