
काठमाडौं । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का रेशम लामालाई ३ हजार ९२८ मतान्तरले पछि पार्दै दोङ विजयी हुनुभएको हो ।
माओवादी केन्द्रका दोङ ३४ हजार ५१२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका लामाले ३० हजार ९२८ मत पाउनुभएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बासुनारायण श्रेष्ठले ८ हजार ६९६ मत ल्याउनुभयो ।
यसअघि २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बन्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्