२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाजुराको बुढीनन्दा–५ मा मतदान जारी


65
Shares

महेश कार्की

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–५ मा स्थगित भएको निर्वाचन आज शनिबार सुरु भएकाे छ ।

यहि मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदान प्रक्रिया सोही क्षेत्रमा रोकिएको थियो । बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको जानकारी दिनुभयो । यहाँ नेकपा एमाले र नेपाली कांग्रेस पक्षबीच भएको झडपले मतदान स्थगित भएको थियो। यो केन्द्रमा ९ सय ९९ जना मतादाता रहेको पनि उहाँले बताउनुभयो । बुढीनन्दा-५ मा ६० प्रतिशात मत खस्ने आकलन गरिएको छ ।

मतदान स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । सुदूरपश्चिम प्रदेश महेन्द्र दङ्गा गड इन्चार्ज एसपी भिम किरण बोगटीको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका एसपी बिरेन्द्र ऐरको कमाण्डमा सशस्त्र प्रहरी र नेपाली सेनाका सेनानी रवि जोशीकाे कमाण्डमा नेपाली सेना खटाएको छ। करिब ३ सय ५० भन्दा बढी सुरक्षा कर्मी मतदान स्थलमा रहेका छन ।

राजनीतिक दलहरुले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी गरेका छन् । यी उजुरीको विषयमा पनि निर्णय भइनसकेको उहाँले बताउनुभयो । मतदान सकिएपछि मतपेटिका भण्डारण गरिने र आयोगको निर्णय पछिमात्र मतगणना प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

आयोगले सहसचिवको तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा टोली गठन गरेको छ । यहाँ, त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो । साेही घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गरिरहेको छ ।