
काठमाडौं । बाराको निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । यादवले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का शिवचन्द्र कुशवाहालाई पराजित गरेर विजयी हुनु भएको हो ।
यादवले १३ हजार ८२२ मत प्राप्त गर्नुभएको हो भने माओवादी केन्द्रका कुशवाहाले १३ हजार ४६८ मत पाउनु भएको थियो । उहाँहरुबीच तीन सय ५४ मतान्तर रहेको छ । स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्