२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


फिफा विश्वकप फुटबलमा आज ४ खेल हुँदै


338
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार ४ वटा खेल हुने भएका छन् ।

कतार विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का २-२ खेलहरु हुने भएका हुन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएकाे छ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार शनिबार दिउँसो ३ः४५ बजे सुरु हुने भएकाे छ ।

ट्युनिसिया र अष्ट्रेलिया शनिबार पहिलो जितको खोजीमा हुने भएका छन् । ट्युनिसियाले पहिलो खेलमा बराबरी खेलेको थियो भने अष्ट्रेलिया पराजित भएको थियो । दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुने भएकाे छ । पोल्याण्ड र साउदीबीचको खेल शनिबार साँझ ६ः४५ बजेदेखि सुरु हुने भएकाे छ । पहिलो खेलमा बराबरी खेलेको पोल्याण्ड पहिलो जितको खोजीमा रहेको छ ।

साउदी भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेकाे छ । विश्वकप अन्तर्गत शनिबार नै हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुने भएकाे छ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल शनिबार राति ९ः४५ बजे सुरु हुने भएकाे छ । त्यस्तै चौथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्ने भएकाे छ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल शनिबार राति १२ः४५ बजे सुरु हुने भएकाे छ ।

पहिलो खेलमा हार व्यहोरेको अर्जेन्टिना पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा बराबरी खेलेको मेक्सिको पनि पहिलो जित निकाल्न चाहन्छ । कतारमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भइरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

यसअघि गएराति भएको समूह बी अन्तर्गत अमेरिका र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा सकिएको थियो ।